FLASH NEWS
- Loading...
रुमका पहिरो प्रभावितलाई एमालेको राहत
- पुनहिल डट कम
- ३ साल अघि
- १०४ पटक पढिएको
असार १ र २ गते भएको भारी वर्षापछि गएको मनसुनजन्य विपत (पहिरो)मा परि घर क्षति भै विस्थापित भएका मालिका गाउँपालिका, २ रुम, खवाङ र वेलीका २० परिवारलाई नेकपा एमाले म्याग्दीले खाद्यान्न राहत पुऱ्याएको छ ।
एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठ,नेता नवराज शर्मा, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी र मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुसमेतको टोलीले शुक्रवार रुम पुगी चामल, नुन, तेल, चिनी, चाउचाउ समेतका राहत वडाध्यक्ष मार्फत प्रभावितलाई हस्तान्त्रण गरेका हुन ।
नेकपा एमालले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठका अनुसार यसै वर्षदेखी जिल्लामा छुट्टै ‘विपतजन्य राहत कोष’ स्थापाना गरी सोही कोषबाट विपतमा परेका जिल्लाबासीलाई राहत वितरण गर्न थालेको हो । कोषबाट धस्केखोरिया र स्वाताका पहिरो प्रभावितलाई पहिलो राहत लगिएको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस