- Loading...
प्रअ कार्कीलाई हत्यागरी म्याग्दीखोलामा फालिएको थियो (भिडियो सहित)
- पुनहिल डट कम
- ३ साल अघि
- ९६ पटक पढिएको
बेनी नगरपालिका, ५ बगुवाखोला स्थित वालजागृती आधारभुत विद्यालय प्रधानध्यापक भक्त कार्कीको हत्यागरी म्याग्दीखोलाको भेलमा बगाएको खुलेको छ ।
शिक्षक कार्कीको असार ६ गते विहान हत्यागरी खोलामा बगाएर वेपत्ता बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेका बेनी नगरपालिका, ५ चुत्रेनीका ३१ बर्षिय संञ्जय बानियाँलाई सार्वजनिक गरेको छ । प्रहरीले बुधवार बानियाँ विरुद्ध ‘हत्या गरी शव म्याग्दी नदीमा फालेर वेपत्ता’ बनाएको अभियोगमा म्याग्दी जिल्ला अदालतबाट थप अनुसन्धानकालागी ७ दिन म्याद थप गरेको छ ।
कार्कीको हत्यापछि घरमा गै रगताम्मे आफ्ना कपडा फालेर अर्को कपडा लगाई भाग्ने क्रममा प्रहरीले बानियाँलाई असार ७ गते दिउँसो पर्वतको कुस्माबाट पक्राउ गरेको थियो । बेनी–दरवाङ सडकदेखी करिव १० मिटर तल विद्यालयबाट मोटर बाटोमा निक्लने गोरेटोको एकान्त स्थानमा रगतको टाटा, कलम, चस्मा, हाफ ज्याकेट, चप्पल र मोवाईल फेला परेको र सोही दिनदेखी बानियाँ वेपत्ता भएपछि अनुसन्धानको दायरा साँघिुरिएको थियो ।
‘प्रारम्भीरक बयानमा आरोपिले शिक्षक कार्कीलाई व्यक्तिगत रिसईवीले गर्दा बाटो ढुकेर पछाडीबाट ढुङ्गाले प्रहार गरी हत्यापछि शव म्याग्दी खोलामा फालेको भनेका छन । घट्नाको विस्तृत अनुसन्धान बाँकी रहेकोले थप भन्न सकिन्न’ हत्या आरोपितलाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा वोल्दै प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।
प्रहरीका अनुसार असार ६ गते विहान ८ बजेको समयमा करिव ३ देखी ४ मिनेटको समयमा कार्कीको हत्या गरी शव घिसार्दै नदीमा फालेको देखिन्छ । विद्यालयको काम प्रयोजनका आयोजित एक वैठकको माईन्युट फोटोकपी गर्न कार्की ६ गते विहान विद्यालय पुगेका थिए । फोटोकपी गरी फर्कने वेलामा कार्कीको करिव ३ मिनेटको बाटो पिछा गरेपछि वरपर वस्ती नभएको र एकान्त अलि झम्म झाडी भएको स्थानमा आक्रमण गरेका थिए ।