- Loading...
‘निसर्ग’ चक्रवातको त्रास : नेपालमा कस्तो पर्ला असर ?
- पुनहिल डट कम
- ४ साल अघि
- १६४ पटक पढिएको
भारतको मौसम विभागका अनुसार अरब सागरमा विकसित यो चक्रवातको प्रभावले मुम्बईको सान्ताक्रुज क्षेत्रमा बिहानैदेखि प्रतिघण्टा २२ किलोमिटर वेगमा हावाहुरी चल्न थालिसकेको जनाइएको छ ।
चक्रवात आज दिउँसो भारतका महाराष्ट्र वा गुजराको जमिनमा ठोक्किने सम्भावना रहेकाले त्यस क्षेत्रमा मंगलबार रातिदेखि नै त्रास फैलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच यसको असर नेपालमा पनि पर्ने यहाँका मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार नेपालमा त्यस चक्रवातको आंशिक प्रभाव शुरु भइसकेको छ ।
नेपालको पश्चिमी क्षेत्रमा विहीवार, शुक्रवार र शनिवार वर्षा र हिमपातको सम्भावना @DHM_Weather @DHM_FloodEWS @NEOCOfficial pic.twitter.com/ZcYFP3sPsn
— NDRRMA (@NDRRMA_Nepal) June 1, 2020
निसर्ग चक्रवातको जोखिममा भारत पर्दा यसको प्रभाव नेपालमा समेत पर्ने गर्छ । अहिले नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
हाल प्रदेश–१ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । महाशाखाले देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधबार प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ । प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
विहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी प्रदेशका भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।