FLASH NEWS
  • Loading...

गण्डकीमा प्रदेशमा संक्रमित ११३ पुगे, एकैदिन ३८ जनामा कोरोना पुष्टि

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९७ पटक पढिएको
गण्डकीमा प्रदेशमा संक्रमित ११३ पुगे, एकैदिन ३८ जनामा कोरोना पुष्टि
 गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
आइतबार  बिहान प्रदेशका स्याङ्जाका १४ जना पुरुष  ,बागलुङका १० जना पुरुष , गोरखाका १० जना पुरुष र नवलपुर बर्दघाट सुस्ता पूर्वकका १२ जना पुरुष ४ जना पुरुष गरी  थप  ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङ्जाको वालिङ् नगरपालिकाका १८ देखि ४९ वर्ष उमेर समुहका १३ जना पुरुष तथा भिरकोट नगरपालिकाका ४५ वर्षीय एक पुरुष, बागलुङको बडीगाड गाउँपालिकाका २२ देखि ५२ वर्ष उमेर समुहका  ९ जना पुरुष तथा ढोरपाटन नगरपालिकाका २६  बर्षका पुरुष, गोरखाको पालुङ्टारका १७ वर्षका पुरुष तथा गण्डकी गाउँपालिकाका २० देखि ४३ वर्ष उमेर समुहका ९ जना पुरुष र नवलपुर बर्दघाट सुस्ता पूर्वकका २० देखि ४५ वर्ष उमेर समुहका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २९,  स्याङ्जाका ३७, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १७,  लमजुङका १ जना, म्याग्दीका २ जना र तनहुँका ३ जना, गोरखाका ११ जना ,  पर्वतमा १४ जना तथा कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।