FLASH NEWS
- Loading...
खोलामा फसेका १७० मजदुरको उद्धार
- पुनहिल डट कम
- ३ साल अघि
- ४४० पटक पढिएको
भारी वर्षाका कारण आएको बाढीका कारण खोलामा फसेका कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।
सोमबारदेखि लगातार परेको वर्षाका कारण खोलामा फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको मादी गाउँपालिका – २ का अध्यक्ष एकजङ्ग गुरुङले बताए ।
पोखरा स्थित श्री भगवती दल गण फूलबारी ब्यारेकका नेपाली सेना, स्थानीय युवा क्लब र जनप्रतिनिधिको सहयोगमा बुधवार ५ घण्टा समय लगाएर कलबन्दी खोलाबाट उद्धार गरिएको थियो ।
उद्धार गरिएका सबै जनालाई हिमालयन निम्न माध्यमिक विद्यालयमा राखिएको र उनीहरूलाई ताङ्तिङ आमा समूहले खाजा र खानाको व्यवस्थापन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस