- Loading...
क्वारेन्टाईनमा भारतबाट फर्केका घट्दै, तेस्रो मुलुकबाट फर्कर्ेका बढ्दै
- पुनहिल डट कम
- ४ साल अघि
- १२३ पटक पढिएको
बेनीका दुई वटा क्वारेन्टाईनमा भारतबाट फर्केका घट्ने र तेस्रो मुलुकबाट फर्केकाको संख्या बढ्दै गएको छ ।
क्वारेन्टाईनमा सुरुमा लकडाउन सुरु नहुँदै भारतसमेत विदेशबाट फर्केकालाई राखिएको थियो । दोस्रो चरणमा काठमाण्डौ समेत देशका सहरबाट फर्केकालाई क्वारेन्टाईन राखिएको थियो । तेस्रो चरणमा क्वारेन्टाईनमा भारतबाट फर्केकाहरु भरिभराउ थिए । चौंथो चरणमा भारतबाट फर्केका घट्दै, विश्वको शक्तिशाली देश अमेरिका, जापान, अष्ट्रेलिया, खाडीमुलक समेत तेस्रो मुलकबाट फर्केकाले भरिन थालेका छन ।
हालसम्म २ सय २ जना बेनीका क्वारेन्टाईनमा बसेर घर गएका छन । यीमध्य १४ जनामा कोरना पुष्टी भएको छ । कोरना संक्रमण पुष्टी भएकामध्य ६ जना कोरना मुक्त भै घर फर्केका छन । कोरना संक्रमणको जोखिममा रहेका १ सय जना अझै बेनीका दुई वटा क्वारिन्टाईनमा रहेका छन ।
प्रकोप कन्ट्रोल कमाण्ड पोष्टका सदस्य सुरत केसीका अनुसार आईतवार दिउँसो १ बजेसम्म बेनीका वेष्टपोईन्ट र म्याग्दी क्याम्पस क्वारेन्टाईनमा गरी १ सय जना रहेका छन । ति मध्य अमेरिकाबाट फर्केका ६ जना, जापानबाट फर्केका ६ जना, कतार, ओमन, बहराईन, कुवेत, साउदी समेत खाडीमुलुकबाट फर्केका ५४ जना र बाँकी भारतबाट फर्केका हुन । आईतवार खाडी क्षेत्रबाट फर्केका ६ जना क्वारिन्टाईनमा थपिदै छन ।
त्यसैविच आईतवार कोरना संक्रमण भै बेनी आईसोलेसनमा रहेका थप चार जनाले कोरना जितेर घर फर्केका छन । बेनीको आईसोलेसनमा रहेका १२ जनामध्य बेनी नगरपालिका, ३ का पुरुषको तेस्रो रिपोर्ट, मालिका गापा, ३ का एक पुरुष, मंगला,५ का एक पुरुष र रघुगंगा गापा,२ की एक महिलाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको हो । भारतबाट फर्केका कोरना संक्रमति रघुगंगा गाउँपालिका, २ भतवतीका आमाछोरीमध्य ९ बर्षिया छोरीको दोस्रो पिसिआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरनामुक्त भएपनि आमा घर फर्कन पाईनन ।
यस अघि दुई जना कोरना मुक्त भै घर फर्केका थिए ।
‘कोरना लाग्यो भन्दा सुरुमा म आत्तिए, बाँच्दिन भन्ने लागेको थियो । वास्तबमा कोरना भाईरस आत्मवलले जित्ने रोग रहेछ । कोरना आफ्नै ब्यवहार र सर्तकताले जित्न सकिन्छ’ कोरना जितेर घर फर्कन लागेका बेनी नगपा, ३ का पुरुषले भने, ‘कोरनाको उपचार गर्न अन्य विरामीको जस्तो डाक्टर आउने, औषधी दिने रहेनछ । आफै एकान्तबास वस्ने, आत्मबल उच्च बनाउने, पोषिलो खानेकुरा खाने, चिसोबाट बच्ने तथा मास्क लगाएर अरुलाई सर्न नदिनु नै रहेछ ।’
मुस्ताङमा कोरना संक्रमतिको सम्पर्कमा आएकाको पिसिआर रिपोर्ट नेगेटिभ
मुस्ताङका पहिलो संक्रमित ८३ बर्षिय पुरुषसँगै एउटै वसमा यात्रा गरेका २१ जना र बसका कर्मचारी ३ जना समेत सवै २४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन मुस्ताङले जनाएको छ ।
गत जेठ ३१ गते काठमाण्डौबाट मुस्ताङ फर्केका घरपझोङ गाउँपालिका, १ छैरो स्थित तिब्बती शरणार्थी क्याम्पका ति शरणार्थीमा कोरना देखिएको थियो । ति बृद्धको मुस्ताङ प्रवेश गर्दा गरिएको आरडिटी परिक्षण गर्दा बृद्धमा पोजेटिभ देखिएपछि पिसिआर टेष्ट गराईएको थियो ।
सुगर तथा प्रेसरका विरामी समेत रहेका बृद्धलाई आईसोलेसनमा राखिएको उनको अवस्था राम्रो रहेको प्रकोप कन्ट्रोल कमाण्ड पोष्ट मुस्ताङले जनाएको छ ।