FLASH NEWS
  • Loading...

यस्तो छ कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दी मापदण्ड २०७७

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३३ पटक पढिएको
यस्तो छ कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दी मापदण्ड २०७७

सरकारले कुनै पनि जिल्लामा कोरोना संक्रमितको संख्या बढेर २०० माथि गएपछि सो क्षेत्रलाई पूर्ण शिल गरी पूर्ण लकडाउन गर्ने भएको छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यको मापदण्ड २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।
एक जिल्लामा संक्रमितको संख्या ५० जना भएसम्म यस मापदण्डमा उल्लेखित सुरक्षाका उपायहरु पालना गरी पेशा व्यवसाय संचालन गर्ने, ५१ देखि २०० सम्म संक्रमितको संख्या भएसम्म मापदण्डमा उल्लेखित सुरक्षाका उपायहरु अवलम्बन गरी तोकिएको समय र कार्य अवधिभित्र मात्र पेशा व्यवसाय संचालन गर्ने र २०० जना भन्दा बढी संक्रमितको संख्या भएमा पूर्ण बन्दाबन्दी गर्ने बताइएको छ ।
मन्त्रालयले सबै सार्वजनिक तथा निजी संस्था र स्थानहरुमा पालना गर्नुुपर्ने जनस्वास्थ्यका मापदण्डहरु पनि तोकेको छ ।
जसअनुसार अत्यावश्यक, आधारभूत, संस्थागत तथा अन्य गरी चारखालका मापदण्ड तोकेको छ । जुन यसप्रकार छ: