- Loading...
कर्मचारीलाई संक्रमणबाट जोगिने युनिसेफका सुझाव
- पुनहिल डट कम
- ४ साल अघि
- १०८ पटक पढिएको
सरकारले लकडाउन केही खुकुलो बनाउँदै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
कार्यालय खुले पनि कोरोना भाइरस संक्रमणको जोखिम घटाउनका लागि दुई चरणमा कर्मचारी खटाउने बन्दोबस्त गरिएको छ। कर्मचारीहरू आलोपालो गरी बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म कार्यालय जानेछन्।
महामारीका बेला खुल्न लागेका कार्यालयबाट संक्रमण नफैलियोस् भनेर युनिसेफले मार्गनिर्देशन तयार पारेको छ। मार्गनिर्देशनमा कर्मचारीलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन यस्ता उपाय सुझाइएको छः
– प्रशस्त मात्रामा पानीको व्यवस्था गर्नुपर्छ।
– साबुन र सफा पानीले नियमित रूपमा हात धुने सुविधा उपलब्ध गराउनुपर्छ।
– सरसफाइमा विशेष ध्यान दिनुपर्छ। कार्यालयलाई स्वच्छ राख्नुपर्छ।
– कार्यालयमा प्रयोग हुने उपकरण किटाणुरहित राख्न आवश्यक व्यवस्था गर्नुपर्छ।
– स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्छ।
– शौचालय, चमेनागृह, बाहिरी भोजन कक्ष, बच्चा हेरचाह वा स्तनपान कक्षको नियमित सफा गर्नुपर्छ।
– कर्मचारी र सेवाग्राहीलाई कम्तिमाा ६० प्रतिशत अल्कोहल भएको ह्यान्ड स्यानिटाइजर उपलब्ध गराउनुपर्छ।
– महिला शौचालयमा मासिक स्वच्छता व्यवस्थापन गर्न साबुनपानी र ढकनीयुक्त डस्टबिन राख्नुपर्छ।
– कर्मचारीलाई कोरोना भाइरस संक्रमण भइहाले के गर्ने भन्ने योजना हुनुपर्छ।
– संक्रमणको शंका लागे परीक्षण गराउने व्यवस्था हुनुपर्छ।
– कर्मचारीहरूको दैनिक स्वास्थ्य अवस्थाको रेकर्ड राख्नुपर्छ।
– कसैलाई संक्रमण देखिइहाले कन्ट्याक्ट ट्रेसिङ गर्न कार्यालय प्रवेश गर्ने र छाड्नेको रेकर्ड राख्नुपर्छ।
– संक्रमित कर्मचारीको उपचारको व्यवस्था गर्नुपर्छ।