FLASH NEWS
- Loading...
३ महिने शिशु समेत ५३ जनाले कोरोना जिते, ८२ जना संक्रमित थपिए, एक जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- ८८ पटक पढिएको
सोमबार म्याग्दीको मालिका गाउँपालिका, ५ देविस्थानका एक कोरोना संक्रमितको पोखरामा उपचारक्रममा मृत्यु भएको छ ।
स्वास्थय कार्यालयका अनुसार सोमबार होमआईसोलेसनमा रहेका बेनी नगरपालिका घर भै पारीवेनी बस्ने आमासँगै संक्रमित भएका ३ महिने शिशु समेत ५३ जना विरामीले कोरोनालाई पराजित गरेका छन ।
त्यसैगरी आज जिल्लमा पिसिआर विधीबाट ५१ जना र एन्टीजिन विधीबाट २० जना गरी ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । त्यसमध्य बेनी नगरपालिका, ४ का ५१ जना, रघुगंगा गापाका १४ जना, धवलागिरी गापामा १४ जना, अन्नपूर्ण गापामा १ जना र मंगला गापामा २ जना कोरोना संक्रमित थपिएका हुन ।
कोरोना संक्रमित मध्य सोमबार विहानसम्म बेनी अस्पतालमा उपचाररत १८ जनालाई अक्सिजन चढाईएको छ । अक्सिजन दिएकामध्य ४ जनालाई हाईप्रेसरमा अक्सिजन दिएर राखिएको छ ।
प्रतिक्रिया दिनुहोस