FLASH NEWS
  • Loading...

२५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर हङकङकी साङले बनाइन् विश्व कीर्तिमान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०४ पटक पढिएको
२५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर हङकङकी साङले बनाइन् विश्व कीर्तिमान

हङकङकी एदा साङले छोटो समयमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । २५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर साङले महिलातर्फको कीर्तिमान बनाएकी हुन् ।

उनी आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा सगरमाथको चुचुरो पुगेको सम्पर्क अधिकृत द्वय सोना शेर्पा र ज्ञानेन्द्र श्रेष्ठले बताए । यसअघि नेपालकी फुन्जो जाङ्मु लामाको ३९ घन्टा ६ मिनेटको रेकर्ड थियो ।

साङले शनिबार दिउँसो १ बजेर २० मिनेट जाँदा वेसक्याम्पबाट सगरमाथातर्फ यात्रा सुरु गरेकी थिइन् । उक्त आरोहणको नेतृत्व फूर्वा तेन्जिङ शेर्पाले गरेका थिए भने पेम्बा दोर्जे शेर्पा आरोहणका सरदार हुन् । यसैगरी, फूर्वा थिले शेर्पाले प्रमुख पथ पर्दशकको भूमिका निर्वाह गरेका थिए । टोलीमा मिङ्मा नुरु शेर्पा, पदम तामाङ, निमा ग्याल्जेन शेर्पा सहभागि थिए ।

साङको यो सगरमाथा तेस्रो आरोहण हो । यसअघि २०१७ उनले सगरमाथा चढ्दै हङकङबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् । यसैगरी, सन् २०१९ मा उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।