FLASH NEWS
  • Loading...

विपक्षी गठबन्धनको निर्णय संसद विघटनको विरुद्ध अदालत जाने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०४ पटक पढिएको
विपक्षी गठबन्धनको निर्णय संसद विघटनको विरुद्ध अदालत जाने

पक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छ।

संविधानको धारा ७६ को उपधारा ५ बमोमिज राष्ट्रपतिले गरेको आह्वानमा केपी शर्मा ओली गरेको दावी कानुनी, संवैधानिक र तर्कसंगत नभएको उनीहरुको निष्कर्ष छ ।

‘केही बेर अघिको पत्रकार सम्मेलनमा आफूसँग ९३ जना सांसद छ, विपक्षीले सरकार बनाएको खण्डमा रचनात्मक सहयोग गर्छु भन्ने अनि केहीबेर पछि गएर बहुमतको समर्थन छ भन्न सुहाउँछ ?’ विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका एक नेताले भने ।

यस्तो त विज्ञप्तीको पूर्णपाठ