FLASH NEWS
- Loading...
राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ १ पछिका सूचनाहरु हराए
- पुनहिल डट कम
- ३ साल अघि
- ९९ पटक पढिएको
ष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएका छन् ।
यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए।
राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएको बारे लगायतका विज्ञप्ति हराएका हुन्।
वेबसाइटमा शनिबार राति १: ४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११:३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको छ।
उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो। बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए।
प्रतिक्रिया दिनुहोस