- Loading...
बाग्लुङ्गका पत्रकारलाई छुट्टै १० बेडको आइसोलेसन
- पुनहिल डट कम
- ३ साल अघि
- १३२ पटक पढिएको
पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै कार्यालयमा १० बेडको आइसोलेसन बनाएको छ । अग्रपंक्तिमा खटिने पत्रकारलाई कोरोना संक्रमण भएमा उक्त आइसोलेसनमा राखेर उपचार गरिने महासंघ अध्यक्ष नरेश कँडेलले बताए ।
‘पत्रकार जतिबेला पनि जोखिममा छन्, उनीहरूमा कोरोना देखियो भने महासंघकै भवनमा राखेर उपचार गर्ने व्यवस्थापन गराएका हौं,’ कँडेलले भने, ‘अस्पतालमा भीड हुने भएपछि पत्रकारको सुरक्षाका लागि काम थालियो ।’
अन्य व्यक्तिले पनि आइसोलेसन प्रयोग गर्न पाउनेछन् । महासंघले बागलुङ नगर स्वास्थ्य शाखा र धौलागिरि अस्पतालका मेसु डा.शैलेन्द्र पोखरेलको प्राविधिक सहयोगमा आइसोलेसन वार्ड बनाएको हो । स्वस्थ्य शाखाका प्रतिनिधिले अवलोकन गरेर अन्य सामग्रीका लागि पनि पहल गर्न आग्रह गरेका थिए ।
‘कम्तीमा दुईवटा सिलिन्डर अक्सिजन पनि राखेर उपचारमा सहज बनाउन सकिन्छ,’ स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज आचार्यले भने, ‘यो अभियान हरेक संस्थाले थाल्नुपर्छ ।’ महासंघले मास्क, सेनिटाइजर, ज्वरो, प्रेसर र अक्सिजन लेवल नाप्ने व्यवस्थापन पनि भवनमै गरेको छ ।
बागलुङकै जैमिनी नगरपालिका ७ का नीलकण्ठ शर्माले महासंघको आइसोलेसन अभियानमा सहयोग गरेका छन् । शर्माको ब्रदर्स सर्जिकल एन्ड डाइनेस्टिक प्रालिले २२ हजारका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।