FLASH NEWS
  • Loading...

पिसिआर ढिलाहुँदा एन्टीजीन परिक्षण बढाउँदै स्थानीय तह

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७६ पटक पढिएको
पिसिआर ढिलाहुँदा एन्टीजीन परिक्षण बढाउँदै स्थानीय तह

कोरोना संक्रमण पुष्टी गर्न विरामीको खकारको नमुनाको पिसिआर विधीबाट परिक्षण गराउँदा रिपोर्ट ढिला आउन थालेपछि स्थानीय तहले एन्टीजिन विधीबाट कोरोना परिक्षण गर्न थालेका छन ।
‘पिसिआर विधीबाट परिक्षण गर्र्दा स्वावको नमुना पोखरा पठाउनु पर्ने र रिपोर्ट आउँदा १०–१२ दिनसम्म लाग्दा विरामीलाई आईसोलेनमा थेग्न गाहे भयो त्यसैले एन्टीजीन विधीमा जोड गरेका छौं’ अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुद्र बरुवालले भने, ‘एन्टीजिन परिक्षणमा पोजेटिभ विरामीलाई तत्काल आईसोलेसनमा राख्न सजिलो भएको छ । एन्टीजिनमा नेगेटिभ आएपनि कोरोनाको लक्षण तथा चिन्ह देखिएका विरामीको पिसिआर नै गर्न पठाएका छौं ।’
संयोजक बरुवालका अनुसार अन्नपूर्ण गाउँपालिकाले तीन सय एन्टीजिन किट खरिद गरेकोमा एक सय ३४ किट प्रयोग भएको छ । निषेधज्ञाले संक्रमणको फैलावटमा चेनव्रेक गरेकोले एन्टीजिन विधीबाट परिक्षण गर्दा पनि थेग्न सकिने गाउँपालिकाले ठानेको छ ।
कोरोना छुट्याउने सवै भन्दा भरपर्दा विधी स्वावको पिसिआर परिक्षण निश्चित प्रयोगशालामा मात्र गर्न मिल्ने र विभिन्न ठाउँबाट धेरै नमुनाको चाप भएकोले परिक्षण रिपोर्ट आउन ढिलाई हुने गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाले मात्र होईन, धवलागिरी, मालिका, रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाले समेत एन्टीजिन विधीमै भर परेका छन । समुदायमा घरै विच्छे विरामी देखिन थालेपछि आत्एिका स्थानीय तहले छिटो रिपोर्ट आउने ठानेरै एन्टीजिनमा लागेका हुन ।
‘कोरोना संक्रमणका शंकास्पद विरामीको सकेसम्म पिसिआर विधीबाट नै परिक्षण गर्ने र सिरिएस केसमा हामीले एन्टीजिन विधीबाट परिक्षण गराउँदै आएका छौं’ मंगला गाउँपालिका स्थित कोभिड अस्पतालकी डाक्टर रोशनी पुर्जाले भनिन, ‘अहिले पिसिआर ल्यावमा लोडबढी भयो भन्ने भएपछि हामीले पनि एन्टीजिन विधीनै अपनाउन थालेका छौं ।’
दुई सय थान एन्टीजिन किट खरिद गरेको धवलागिरी गापाले १ सय २६ किट प्रयोग गरिसकेको छ । त्यसैगरी मालिका गापाले एक सय एन्टीजिन किटमध्य ९४ वटा प्रयोग गरेको छ । त्यस्तै रघुगंगा गापाले ४ सय थान किट खरिद गरेकोमा २ सय प्रयोग गरेको र अन्नपूर्ण गापाले तीन सय किटमध्य १ सय ३४ प्रयोग गरेको छ । मंगला गापाले भने २ सय थान एन्टीजिन किट खरिद गरेकोमा हालसम्म जम्मा २० वटा मात्र प्रयोग भएको जनाएको छ ।