FLASH NEWS
- Loading...
नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- ७६ पटक पढिएको
बाँकेको नरैनापुर गाउँपालिकाका एक युवकको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ।
गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान मृत्यु भएको थियो। स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको थियो।
हिजो, ३ जेठ साँझ नै उनको स्वाबको नमूना संकलन भइसकेको थियो। आज आएको परीक्षणको नतिजामा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। भारतको मुम्बईबाट आएका उनलाई ३० वैशाखमा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित भएका छन्। एकैदिन आठ संक्रमित भेटिएको नरैनापुरमा संक्रमितको सम्पर्कमा आएका २६३ जनाको हिजो स्वाब संकलन गरिएको थियो।