FLASH NEWS
  • Loading...

कस्ता छन म्याग्दीका क्वारेन्टाईन र कोरना संक्रमित राख्ने आईसोलेसन ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८३ पटक पढिएको
कस्ता छन म्याग्दीका क्वारेन्टाईन र कोरना संक्रमित राख्ने आईसोलेसन ?

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको एक क्वारेन्टाईनमा बसेका मालिका गाउँपालिका, ४ ओखरवोटका ३० बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
भारतबाट सुनौली नाकाहुँदै जेठ ८ गते आई बेनीको क्वारेन्टाईनमा बसेका अन्य १४ जनाको पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल)मा पिसिआर विधीबाट स्वाव परिक्षण गर्दा एक जनामा कोरना पोजेटिभ भेटिएको हो । विहिवार साँझसम्म जिल्लाबाट पिसिआर विधीबाट कोरना परिक्षण गरिएका ९५ जनामध्य १ जनामा पोजेटिभ देखिएको हो । थप २९ जनाको विहिवार संकलन गरी कोरना परिक्षणकालागी पोखरा पुर्‍याईएको छ ।
क्यारेन्टाईनमा कम्तीमा ५ दिन बसेपछि पिसिआर विधीबाट कोरना टेष्ट गरेपछि पनि क्वारेन्टाईनमै राखेर १५ दिन आरडिटी विधीबाट पुनः परिक्षणपछि मात्र रिपोर्ट नेगेटिभ आएपछि माक्र संत्रमण उच्च जोखिमका ब्यक्तिलाई घर पठाउने जिल्ला कोरना कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।
‘भारतबाट फर्केका नै कोरना संक्रमणको उच्च जोखिममा छन । सोझै भारतीय सीमा नाकाबाट ल्याएर वसका चालक, सहचालक समेत सवैलाई क्वारेन्टाईनमा रोखका छौं । समुदायमा कोरना संक्रमण फैलिन नदिन हदैसम्मको उपाय अवलब्धन गरेका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘क्यारेन्टाईनमा समेत भीडभाड नहुने गरी राखेका छौं । समुदायमा कोरना संक्रमण रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न नियमन कडा बनाएका छौं ।
कोरना भाईरस संक्रमणको उच्च जोखिममा रहेका तथा भारतबाट फर्केकालाई राख्न बेनीको न्यू वेष्टपोईन्ट कलेज र म्याग्दी बहुमुखी क्याम्पसमा क्वारेन्टाईन स्थापना गरिएको छ । घेरावार गरिएको र गेटमा २४ सै घन्टा वन्द गरिने भएकोले अनावश्यक बाहिर निक्लने/भित्रने संभावना छैन । छुट्टै शसस्त्र प्रहरी र नेपाली सेनाले आवस्यीय रुपमा ड्युटी गरिरहेका छन ।
भारतका विभिन्न सहरबाट काकटभिट्टा, सुनौली, गड्डाचौकी, गौरीफन्टा समेत नाकाबाट फर्केका ६ महिला समेत ८६ जनालाई सोझै गाडीमा ल्याएर क्वारिन्टीनमा राखिएको हो । दुवै क्वारिन्टाईन बस्तीदेखी केही एकान्तमा रहेका छन ।
क्वारेन्टाईनमा राख्नु अघि उनीहरुलाई पालना गर्नु पर्ने नियम र आफ्नो, परिवारको र समुदायमा पर्ने स्वास्थ्य जोखिमबारे प्रशिक्षण गर्ने गरिएको छ । वेष्ट पोईन्ट कलेजको क्वारेन्टाईनमा बसेकालाई बेनी अस्पतालको क्यान्टिनबाट र म्याग्दी क्याम्पसमा रहेकालाई सोही क्याम्पसको क्यानिटनबाट विहान चिया विस्कुट, विहान/बेलुका दाल, भात, साग तथा तरकारी र दिउँसो चाउमीन/रोटी तरकाी नास्ता दिने गरिएको छ ।
‘क्वारिन्टाईनमा बसेका बाट एक आफसमै कोरना संक्रमण फैलिन नदिन बसाई ब्यवस्थापनमा कम्तमिा दुई मिटरको दुरी कायम गरी वेड राखिएको छ । शौचालय तथा वाथरुम प्रयोग गर्दा आलोपालो लगाईएको छ’ कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य एवं रेडक्रसका उपमन्त्री सुरत केसीले भने, ‘क्वारिन्टाईनमा रहेका सवैलाई दिनको चार पटक, गुणस्तरिय खाना खुवाएका छौं । घरमा जस्तो नहोला तर क्वारिन्टाईनको बसाई सकेसम्म उत्तम ब्यवस्थापन गरिएको छ ।’
जिल्लामा कोरना संक्रमणको केस पुष्टी भएसँगै जिल्लाबासी संक्रमण समुदायमा फैलने त्रास बढेको छ । क्वारेन्टाईनमा बसेका अन्यमा पनि संक्रमण फैलियो कि भन्ने डर पनि बढेको छ । संक्रमण पुष्टीसँगै खुकुलो बनेको लक डाउन पालना तथा संक्रमण रोकथाम एवं नियन्त्रणका सावधानी उपाय पालनामा कडाई गर्न थालिएको छ ।
आईसोलेसन
बेनीको खुल्ला मञ्च छेउको शैक्षिक तालिम केन्द्र भवनमा २० बेड क्षमताको आईसोलेसन स्थापना गरिएको छ । विहिवार कोरना पुष्टी भएका म्याग्दीका पहिलो ब्यक्तिलाई सोही आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । आईसोलेसन कक्षमा प्रवेश गर्नु अघि संक्रमितलाई डिस्इफेक्सन टनेलमा स्यानिटाईजर छर्किने ब्यवस्था गरिएको छ ।
आईसोलेसनमा आईसीयु र भेन्टीलेटरबाहेकका सवै सुविधा र उपकरण उपलब्ध छन । आईसीयु र भेन्टीलेटरका उपकरण खरिद प्रकृया सुरु भएको बेनी अस्पतालले जनाएको छ । आईसोलेसनमा रहेका कोरना संक्रमितको रेखदेख र उपचारमा डा. मनोज र डा. सुदिप खटिएका छन । निर्माण ब्यवसायी संघको भवनमा छुट्टै आईसोलेसनमा खटिएका डाक्टरसमेत श्वास्थ्यकर्मी रहने क्वारेन्टाईन निर्माण गरिएको छ । १५–१५ दिनमा डाक्टर फेरिने र क्यारिन्टाईनमा रहने ब्यवस्था मिलाईएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।