FLASH NEWS
  • Loading...

आज ३० अाैं मदन-अाश्रृत स्मृति दिवस, म्याग्दीमा पनि जनताको बहुदलीय जनवादकाे चर्चा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२७ पटक पढिएको
आज ३० अाैं मदन-अाश्रृत स्मृति दिवस, म्याग्दीमा पनि जनताको बहुदलीय जनवादकाे चर्चा

आज मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस नेकपा एमाले म्याग्दीले मदन भण्डारी र जीवराज अाश्रितकाे तस्वीरमा माल्यार्पण र नेपाली कम्युनिष्ट अान्दाेलनकाे विकासमा उनीहरूले पुर्याएकाे याेगदानकाे चर्चासहित एक कार्यक्रम गरी मनाएकाे छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा शंकास्पद जीप दुर्घटनामा परी निधन भएको थियो। भण्डारीको निधनबाट नेपाली कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोरेको मानिन्छ । उक्त जीप दुर्टनामा नेता मरेपनि जिवित साक्षी  चालक अमर लामालाइ धेरै पछि ललितपुरमा माअाेवादीले गाली हानी हत्या गरिएपछि भण्डारी-अाश्रृतकाे दुर्घटनामा नभै याेजनाबद्ध दुर्घटनाकाे अावरणमा हत्या गरिएकाे एमालेजनले विश्वास गर्छन । तर पुष्ट्याइ गर्न अक्षम रहेका छन ।

एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शन सिद्धान्त बनाएको छ। एमालेले पाँचौं राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो। भण्डारी छोटो अवधिमा कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजान, संसदीय राजनीतिमा जनताको बीचमा गएर पार्टीलाई लोकप्रिय बनाउन र पार्टीले लिएका नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा मानिएकाे छ।

विचारलाई व्यवहारमा उतारेर सबैलाई सञ्चालन गर्न सक्ने नेताको अभावले गर्दा अहिले नेकपा एमालेकाे राजनीति जसरी विकास उतार चढाव अाइरहेकाे बताइएकाे छ।

“नेता मदन भण्डारी भइदिएको भए अहिले मुलुकमा जे समस्या देखापरेका छन्, यस्तो स्थिति आउँदैन्थ्यो भन्ने कुरा सजिलै भन्न सकिन्छ। त्यो कुराको महसुस मैले गरेको छु । र अहिले भण्डारीले प्रतिपादन गरेकाे जनताकाे बहुदलिय जनवादकाे शिद्धान्त एमालेकाे विचार भन्दा पुँजीकाे दवावमा पर्दै गैरहेकाे छ । जवजकाे सृजनात्मक प्रयाेग गर्ने एमालेले विचारकाे निषेधकाे बाटाे राेज्दा संकटमा पर्दै गएकाे छ ” नेकपा एमाले म्याग्दीले वुधवार विहान पार्टी कार्यालय हाँडेभीरमा अायाेजना गरेकाे ३० अाैं मदन-अाश्रृत स्मृति दिवसकाे  अवसरमा अायाेजित कार्यक्रममा बाेल्दै वाम वुद्धिजिवी एवं सहायक प्रध्यापक तारानाथ शर्माले भने, “विश्वभरि कम्युनिष्ट अन्दोलन कमजाेर भैरहेकाे बेला भण्डारीले सिर्जनात्मक ढंगले नेपालको कम्युनिष्ट आन्दोलन उचाइमा पुर्‍याएका थिए। भण्डारीले समकालीन राजनीतिमा माक्सर्वाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढंगबाट बुझेर त्यस अनुरुप लागू गरे।”

भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज)को नेपालमा आधारस्तम्भ निर्माण गरेका थिए। जुन जबज माक्र्सवादको नेपाली संस्करण थियो।

के हो जनताको वहुदलीय जनवाद ?

जनताको बहुदलीय जनबाद तात्कालिन नेकपा एमाले आफनो मार्गदर्शक सिद्धान्तको रुपमा अपनाएको बिषय हो । जसको कारणले नेपालको मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा परिवर्तित परिस्थितीमा माक्सवार्दको रचनात्मक प्रयोग गर्न मार्गनिर्देश गरेको थियो । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र आवधिकरुपमा जनताबाट अनुमोदित हुनुपर्ने बिषयका साथै पार्टीभित्रको लोकतान्त्रिकरणलाई समेत महत्वका साथ उठाइएकोले पार्टीभित्रमात्र होइन विरोधीहरुले समेत उहाँको विचारलाई मानेको पाइन्छ । उहाँको तिनै विचारमा आधारित  नेकपा (एमाले) को पाँचौ महाधिवेशनको पूर्व सन्ध्यामा जननेता मदन भण्डारीले तयार गर्नुभएको ‘बहुदलीय जनबादलाई नेपालको समाज रूपान्तरणको मौलिक शिद्धान्तको रूपमा प्रवर्द्धन गर्दै आएका छन् ।

त्यसकारण जनवादको सुदृढीकरण, समाजवादको निम्ति भौतिक तयारी र समाजवादको पक्षमा जनताको बहुमतलाई गोलबन्द गर्ने विधिद्वारामात्र समाजवादमा संक्रमण सम्भव हुनेछ । कतिपय मुलुकमा भएको जस्तो समाजवाद स्थापना गर्ने, अल्पमतको लोभले बहुमतमाथि बल प्रयोग गर्ने हतार गर्नुहुँदैन ।

जवजका १४ विशेषताहरुः

१. संविधानको सर्वोच्चता : कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन ।संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ ।समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।

२. बहुलवादी खुला समाज : प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू भिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाबाट अलग, बन्द र एकोहोरो समाज हुनुहँदैन ।

३. शक्ति पृथकीकरणको सिद्धान्त : शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन ।: एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।

४. मानव अधिकारको रक्षा : साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन्। मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।

५. बहुदलीय प्रतिस्पर्धा प्रणाली :  राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।

६. आवधिक निर्वाचन :  जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।

७. बहुमतको सरकार र अल्पमतको विपक्ष :  बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।

८. कानूनको शासन : कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।

९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण :जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ ।

पहिलो चरण : पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।
दोश्रो चरण : नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।
तेश्रो चरण : समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।

१०. विदेशी पूजी र प्रविधि : वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन ।  संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।

११. क्षतिपूर्ति  : नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने छ ।  क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।

१२. विदेश नीति : पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।

१३. नेतृत्व र अधिनायकत्व :  सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने ।

१४. जनताको बहुदलीय जनवाद : यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।