FLASH NEWS
  • Loading...

आईटीएफ तेक्वान्दोमा नेपाल टिम च्याम्पियन, म्याग्दीका दुई खेलाडीले जिते रजत पदक

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • १४८ पटक पढिएको
आईटीएफ तेक्वान्दोमा नेपाल टिम च्याम्पियन, म्याग्दीका दुई खेलाडीले जिते रजत पदक

प्रथम एसियाली सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा म्याग्दीबाट सहभागि भएका दुई खेलाडीले रजत पदक जितेका छन् ।

जेठ ११–१३ गते सम्म ललितपुरमा भएको प्रतियोगितामा ७१–७६ तौल समुहमा दिपसन बुढाथोकी र ५७–६२ तौल समुहमा सबिना विकले कास्य पदक जितेका हुन। बिक मालिका गाउँपालिका–६ दरबाङ निवासी हाल जनप्रिय माविकी कक्षा १० की विद्यार्थी हुन् भने बुढाथोकी मंगला गाउँपालिका वडा नं ५ पोक घर भई हाल काठमाण्डौमा अध्ययनरत छन् ।

ललितपुरको कराँते हलमा तीनदिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरुले सहभागी जनाएका थिए। ८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ। यस्तै १२ स्वर्णसहित बंगलादेशले फस्ट रनर अफ भएको छ।