FLASH NEWS
  • Loading...

अदालतद्वारा गण्डकीका मुख्यमन्त्रीको नियुक्ति बदर

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २३९ पटक पढिएको
अदालतद्वारा गण्डकीका मुख्यमन्त्रीको नियुक्ति बदर

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले नियुक्ति र विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक भएको ठहर गरेको हो।

सभामुखको समेत समर्थन लिएर अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए।

रिट निवेदनकर्ता नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ।

त्यस्तै, विश्वासको मत लिंदा पनि प्रक्रिया नपुर्‍याएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए।