- Loading...
हिमालपारी मुस्ताङ्गीको कोरना कहर
- पुनहिल डट कम
- ४ साल अघि
- १५६ पटक पढिएको
सीमा जोडिएको चीनमा उद्गम भै विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमणको त्रासले उपल्लो मुस्ताङ्गबासी जाडो छल्न वेंशी झरेका आफन्तलाई समेत घर फर्कन दिएका छैनन । मुस्ताङ्गको १८ देखी ३३ सम्मका १६ वटा सीमास्तम्भले १ सय ३४ दशमलव १६ किलोमिटर अर्न्तराष्ट्रिय सीमा जोडिएको छ ।
गत कात्तिकमा जाडो छल्न वेंशी झरेका उपल्लो भेगका सरकारी कार्यालय, विद्यालय र स्थानीय मुस्ताङ्गीको मध्य फागुनदेखी गर्मि बढ्न थालेपछि मुस्ताङ्गी घर फर्कने सिजन हो । यस वर्ष चैत पहिलो सातासम्मै बाक्लो हिमपात भएपछि घर फर्कन सक्ने अवस्था भएन । घर फर्कने वेला कोरना भाईरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लक डाउन गरेपछि जाडो छल्न वेंशी झरेका मुस्ताङ्गी पोखरामा अल्झेका छन ।
‘जाडो छल्न र अध्ययन/अध्यापन (घुम्ती विद्यालय)कालागी हिउँदमा वेंशी झरेका उपल्लो भेगका २ सय ७६ जना पोखरामा अल्झिेका छन । सुरुमा वेमौषमी हिमपातले र पछि लक डाउन छिट्टै खुल्ला भन्दा भन्दै मुस्ताङ्गी घर फर्कन नपाउँदा खेतिपातीको कसरी गर्ने समस्या भएको छ’ मुस्ताङ्ग ख गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले भने, ‘जनप्रतिनिधी, कर्मचारी समेत मुस्ताङ्गी तल रोकिनु परेपनि कोरना भाईरस संक्रमण भित्रन नदिन स्थानीयले गरेको वस्ती–वस्ती लक डाउन प्रयास आफैमा राम्रो छ ।’
मुस्ताङ्गको उपल्लो भेगमा पर्ने दामोदरकुण्ड–लोघेकर र लोमन्थाङ्ग गाउँपालिका जनप्रतिनिधी, कर्मचारी समेत अन्य सरकारी कार्यालय पनि अझै फर्केका छैनन । फागुन १ गतेदेखी नै मुस्ताङ्गमा नयाँ शैक्षिक सत्र सुरु भएपनि जाडोमा पोखरा झरेका घुम्ती विद्यालय पनि अझै गाउँ फर्केका छैनन ।
मुखिया प्रथा विद्यमान मुस्ताङ्गको समाजमा स्थानीय सरकारको उपस्थिती गाउँमा नभएपनि गाउँ मुखियाहरुले कोरना भाईरसको संक्रमण मुस्ताङ्ग भित्रन नदिन आ–आफ्ना कानुन लागु गरेका छन । एक गाउँपालिकाबाट अर्को गाउँपालिका प्रवेश रोक लगाईएको छ । मुस्ताङ्गका ५ स्थानीय तहका १५ स्थानमा स्थानीयले चेक पोष्ट खडा छन ।
गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई क्वारेन्टाईनमा नवसी गाउँ प्रवेशमा रोक लगाएका छन । जनप्रतिनिधी वा कर्मचारी समेत सर्वसाधारण अर्को जिल्लामा क्वारेन्टाईनमा बसेको वो कोरना भाईरस संक्रमण नभएको डाक्टरको प्रिकेप्सन नभएका हरेक मुस्ताङ्गवासीले अनिवार्य १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नु पर्छ ।
हिउँदका ४–५ महिना जाडो छल्न वेंशी झरेका मुस्ताङ्गीहरु घुम्ती ब्यापार गर्न कोरना संक्रमण देखिएका भारतका प्रायः सवै राज्य र नेपालका पनि ठुला सहरवस्ती चाहर्ने भएकोले उनीहरुबाट कोरना भाईरस मुस्ताङ्ग भित्रन सक्ने भएकोले स्थानीयले आफन्तलाई पनि अनिवार्य क्वारेन्टाईनमा राखेर मात्र घर भित्राउने निर्णय गरेका हुन ।
‘मुस्ताङ्गको उपल्लो भेगका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकासँग प्रशासनको सम्पर्क र समवन्यय नै छैन । क्वारेन्टाईनमा नवसी कसैलाई गाउँप्रवेश नदिने भएकोले जनप्रतिनिधी र कर्मचारी सवै तलै रोकिनु भएको छ’ मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘तल्लो क्षेत्रका तीन गाउँपालिकामा ८५ जना विदेशबाट आउनु भएको रहेछ, १४ दिन नपुगेका सवैलाई क्वारेन्टाईनमा राखिएको छ । मुस्ताङ्ग प्रवेशद्धार घाँसामा जाडो छल्न वेंशी झरेका उपल्लो मुस्ताङ्गका ७ जनालाई क्वारेन्टाईनमा राखिएको छ । शनिवार साँझ सम्म सवैको स्वास्थ्य अवस्था राम्रो छ ।’
हिउँदमा जोमसोम समेत वेंशी झरेका प्रशासकीय अधिकृतसमेत कर्मचारी र गाउँपालिका अध्यक्ष समेत जनप्रतिनिधी उपल्लो मुस्ताङ्ग कार्यस्थल जान लाग्दा स्थानीयले रोकी क्वारेन्टाईनमा राखेका छन । मुस्ताङ्गका कुनै पनि वस्तीमा नयाँ ब्यक्तिलाई पाहुना राखे (वास राखे) सर्वसाधारणलाई ३ हजार र मुखिया वा जनप्रतिनिधी भए ६ हजार जरिवाना तोकिएको छ । ekantipur.com