- Loading...
सचिवालय बैठक, प्रधानमन्त्रीका पक्षमा वामदेवसहित ६ जना
- पुनहिल डट कम
- ४ साल अघि
- १०५ पटक पढिएको
सत्तारुढ नेकपा सचिवालय बैठकमा ९ जना मध्ये ६ जना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् ।
बालुवाटारमा अहिले भरखरै सम्पन्न बैठकमा प्रधानमन्त्री ओलीले दल विभाजनलाई खुकुलो बनाउन मिल्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुको औचित्यबारे बोलेका थिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र प्रवक्ता नारायकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदमको विरोध जनाएको सहभागी स्रोतले खुलानेपाललाई जानकारी दियो ।
यसअघि दाहाल खेमामा उभिएका अर्का नेता वामदेव गौतम समेतले प्रधानमन्त्रीको पक्ष लिएका थिए । समर्थन गर्ने नेताहरुमा पूर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाल, नेता गौतम, उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा रहेको स्रोतले जानकारी दियो । खुला नेपाल