- Loading...
रघुगंगाका शिक्षकलाई प्रभावकारी शिक्षणकला तालिम
- पुनहिल डट कम
- ५ साल अघि
- ३७५ पटक पढिएको
रहुगंगा गाउँपालिका, ५ झिं, ६ पाखापानी, ७ चिमखोला र ८ कुईनेमंगले क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकहरुलाई असर शिक्षण सम्बन्धी आधारभुत तालिम प्रदान गरिएको छ ।
समृद्ध ग्रामिण नेपालकालागी शैक्षिक उन्नयन (लर्न नेपाल)को आयोजनामा रघुगंगा गापा, ७ चिमखोला स्थित अमर माध्यामिक विद्यालयमा चार वडाका ३६ जना शिक्षक शिक्षिकालाई प्रभावकारी तथा वालमैत्री शिक्षणकला सिकाईएको हो । ६ दिनसम्म संञ्चालन गरिएको तालिममा सामाजिक विषयमा लर्नका मीन शाही, गणित विषयमा रणविर साह, अँग्रेजीमा कैलाश तामाङ र गोपाल ढुङ्गेल र लेखा विषयमा उर्मिला श्रेष्ठले रघुगंगा गापा भित्रका सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकलाई प्रभावकारी शिक्षण कला पठाएका हुन ।
‘रघुगंगा गाउँपालिका भित्रका पनि दुर्गम भेगका सवै विद्यालयका सामाजिक, गणित, अंग्रेजी र लेखा विषयका शिक्षकहरुलाई प्रभावकारी शिक्षण कला तालिम दिएका हौं’ आयोजक लर्नका जिल्ला कार्यक्रम संयोजक मीन शाहीले भने, ‘बार्षिक परिक्षा सकिएको र पठाईलाई असर नपर्नेगरी तालिम दिएका हौं ।’