FLASH NEWS
  • Loading...

तराईका हावाहुरी पीडितलाई पहाडमा राहत संकलन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०९ पटक पढिएको
तराईका हावाहुरी पीडितलाई पहाडमा राहत संकलन

वारा र पर्सामा हालै आएको भयानक हावाहुरीवाट पीडितकालागी पहाडका गाउँबाट सहयोग पठाउने क्रम सुरु भएको छ ।

हावाहुरीमा परि घाईते भएका विरामीकालागी म्याग्दीका लायन्स क्लवको नेतृत्वमा ३५ पिन रगत रेडक्रस मार्फत पठाईएको छ । हावाहुरीबाट घाईतेको उपचारमा रगत अभाव भएफछि यहाँ रक्तदान कार्यत्रमगरी रगत संकलनगरी पठाईएको हो ।

‘अस्पतालमा छट्पट्याएका विरामीलाई रगत पहिलो आवश्यकता भएकोले पठाएका हौं’ लायन्स क्लव अफ वेनी पिससिटीका अध्यक्ष लोकेश पुनले भने, ‘विभिन्न संघ/सस्था मार्फत घरदैलो र ब्यक्तिगत रुपमा राहत संकलन भैरहेको छ । यथासक्य छिटो पठाउने तयारीमा छौं ।’

जिल्लाभरका विद्यालय, वजारमा राहत संकलन भैरहेकोले वुधवारसम्म सवै राहत संकलनगरी विहिवारसम्म घट्नास्थलमा पुर्‍याउने तयारी भएको म्याग्दी रेडक्रसले जनाएको छ  ।

त्यसैगरी नेकपा सर्मथित विद्यार्थीहरुले हावाहुरीबाट घरवार विहिन भएका पीडितकालागी आर्थिक सहयोग संकलन सुरु गरेका छन । विहिवार वेनीमा संकलन गरेको ६२ हजारबढी रकम हावाहुरीबाट घरवारविहीन र भोकमरीमा परेका पीडितकालागी दैविप्रकोप समिति मार्फत पठाईने भएको छ ।