FLASH NEWS
  • Loading...

चैतमा अझै कोपिला छौं, वैशाखमा पक्कै फुल्ने छौं

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १३० पटक पढिएको
चैतमा अझै कोपिला छौं, वैशाखमा पक्कै फुल्ने छौं

घान्द्रुक–घोडेपानी/पुनहिल–महरे र खोप्रासम्म फैलिएको संसारकै सर्वाधिक ठूलो गुराँसको जंगलमा यस बर्ष चैत तेस्रो सातासम्म गुराँस फलेको छैन । पदयात्राकालागी प्रशिद्ध यस पदमार्गका गुराँसका वोटमा भर्खर कोपिला लागेको छ । वैशाख नलागी पुनहिल–महरे क्षेत्रमा गुराँसको फुलमा वैंश आउने छाँट छैन ।

पुरै वन राताम्मेहुने गरी ढकमक्क फुल्नु पर्ने गुराँस यस बर्ष ढिलागरी बाक्लो हिमपातले जमिन अति चिसो हुँदा फुल्न ढिला गरेको हो । चैत पहिलो सातादेखी नै गाडा रातो, रातो, सिम्रिक, गुलावी, सेता गुराँशले जंगल नै राताम्मे हुनेगरी ढकमक्क भै सक्ने गुराँस यस बर्ष चैत तेस्रो सातासम्म बल्न कोपिला लाग्न थालेको छ ।

‘यस बर्ष मौषमले झुक्कायो । चैत पहिलो सातादेखी राताम्मे हुने गुराँसे जंगलमा कुनै रौनक छैन । गुराँस नफुल्दा के के नपुगे झै खल्लो भएको छ’ घोडेपानीका पर्यटन ब्यवसायी शुशिल पुनले भने, ‘चैतसम्मै हिउँ पर्यो । अझै दैनिक पानी परेको पर्यै छ । चिसो हटेकै छैन । गर्मी नलागी जुका पलाउने र वर्खा लाग्छ कि क्या हो ?’

फागुन–वैशाख घान्द्रुक–घोडेपानी–महरे पदमार्ग गुराँश फुल्ने मौषम मात्र होईन, देशविदेशबाट पदयात्रामा आउने उपयुक्त सिजन पनी हो । संसारका १० उत्कृष्ट गन्तब्य घोडेपानीमा हिजोआज पर्यटकको घुईचो छ । तर मौषम दैनिक खराव छ । गुराँस फक्रेको छैन । स्वादिलो भोजन र आत्मिय आतिथ्यताले प्रफुल्लित पर्यटक खराव मौषमबाट भने दिक्क भएका छन ।

घान्द्रुक देखी घोरेपानीको क्षेत्र वरपर फैलिएको जंगल संसारकै सवै भन्दा ठुलो गुराँशको जंगल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)का अनुसार नेपालमा पाईने ३२ प्रजातिका गुराँ मध्य यस जंगलमा मात्र ८ थरीका गुराँश मात्र पाईएका छन् । गुराँस १५ सय देखी ४ हजार मिटर उचाईमा फुल्छ ।

‘यस बर्ष पर्यटक मौषमबाट दिक्क भएका छन । यस वर्ष मौषम वादलले विहानैदेखी हिमाल छोप्नेगरी धुम्म छ । पाहुना पर्यटक हिमाल र गुराँस नदेख्दा खिन्न भएको छ । न मौषम सफा भएको छ, न पर्यटकको मन प्रफुल्न ।’ अर्का पर्यटन ब्यवसायी कविता पुनले भनिन्, ‘गुराँसका बोटमा टन्नै कोपिला लागेको छ, चैत फुलेन वैशाखमा आउनुस, गुराँस फुल्ने छ ।’

परम्परागत रुपमा गुराँसको फुललाई पुजा–अर्चना र विभिन्न रोगका उपचार गर्न प्रयोग गर्ने गरिन्थ्यो । तर हिजोआज गुराँसको स्कास, जुस र जामको रुपमा पनि प्रयोग गर्न थालिएको छ ।  जण्डिसका विरामी, ग्याष्टिक, घाउ खटिरा भएका, रगत कम भएका र माछाको काँडा घाँटीमा अड्कीएका विरामीलाई लाली गुराँशको रसले फाईदा गर्छ भन्ने विश्वास रहेको छ ।