FLASH NEWS
- Loading...
खानेपानी महशुलमा बीस प्रतिशत छुट
- पुनहिल डट कम
- ४ साल अघि
- १०४ पटक पढिएको
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको संस्थाको बैठकले ०७६ फागुन महिनाको खानेपानी महशुलमा बीस प्रतिशत छुट गर्ने र उक्त महिनाको बिलम्ब शूल्क समेत मिनाह गर्ने निर्णय भएको छ । यसैगरी कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्नका लागि राहत वितरण गर्न बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयलाई पचास पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
उपभोक्ताहरुले घरबाटै आफ्नो मिटरमा चढेको अंक संस्थाको टेलिफोन र मोवाइलमा सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरेको छ । संस्थाका बेनी बजारमा एक हजार घरधुरी उपभोक्ता रहेका छन् । इसेवा र आइएमई पेको माध्यमबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस