FLASH NEWS
  • Loading...

नदीजन्य दोहनले लिफ्ट खानेपानी संकटमा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०३ पटक पढिएको
नदीजन्य दोहनले लिफ्ट खानेपानी संकटमा

|gbLsf] cAojl:yt bf]xgn] vfg]kfgL ;'Sof] M gbLhGo kbfy{sf] cAojl:yt bf]xgn] gbLsf] ;tx ulxl/Pkl5 a]gL gu/kflnsf, ^ 8Da/f l:yt DofUbLvf]nf au/sf] 5]pdf vlgPsf] lnkm6 k|ljwLsf] l8k jf]l/¨ -ulx/f] Ogf/_df vfg]kfgL ;tx 36]kl5 5nkmn ub]{ ;/f]sf/jfnf / pkef]Qmfx? . a]gL gu/kflnsfn] cfGtl/s cfo a[4L ug{ jif]{gL gbL au/ 7]Ssf nufO{ 9'¨f, lu6L, jfn'jf ;d]tsf glbhGo kbfy{ 8f]h/ nufP/ pTvgg u/]kl5 vf]nfsf] ;tx ulxl/“bf Ogf/df kfgLsf] >f]t 36bf lnkm6 vfg]kfgL of]hgf g} ;+s6df k/]sf] xf] . t:jL/ M 3gZofd v8sf÷sflGtk'/

म्याग्दीखोला बगरको छेउमा खनिएको लिफ्ट प्रविधीको डिप वोरिङ्ग (गहिरो इनार) खानेपानी योजनामा तीन बर्ष नपुग्दै पानी सतह घट्न थालेको छ ।

बेनी नगरपालिकाले आन्तरिक आय बृद्धी गर्न वर्षेनी नदी बगर ठेक्का लगाई ढुङ्गा, गिटी, वालुवा समेतका नदीजन्य पदार्थ डोजर लगाएर उत्खनन गरेपछि खोलाको सतह गहिरिँदा इनारमा पानीको श्रोत घट्दा लिफ्ट खानेपानी योजना नै संकटमा परेको हो । बेनी नगरपालिका, ६ स्थित डम्बरा वस्तीमा प्रयोग भएको परम्परागत जरवुटा खानेपानी मुहान ०७२ सालको भुकम्पले सुकेपछि म्याग्दी खोलाको पानीलाई लिफ्ट प्रविधीबाट तानेर प्रयोग गरिएको थियो ।

नगरपालिकाका इन्जिनियर समेत प्राविधकिहरुले खानेपानी जस्तो संवेदनशिल विषयलाई नजर अन्दाजगरी वगरका ढुङ्गावालुमा पैसा मात्र देख्ने र हचुवाको भरमा वातावरण्यी प्रभाव प्रतिवेदन बनाउने गरेको वडाध्यक्ष बानियाले आरोप लगाए । डोजरले बगरको नदीजन्य पदार्थ झिक्न खोला गहिराएर धार परिवर्तन गर्न खोज्दा लिफ्ट प्रविधीको खानेपानीको श्रोत घटेको र आयोजना संकटमा परेको भन्दै वडाध्यक्षले नगरपालिका र जिल्ला समवन्यय समितिमा उजुरी गरेका छन ।

बेनी नगरपालिका, ६ डम्बराको बगरको नदीजन्य पदार्थ उत्खनन गर्ने र खोलापारी वगरफाँट तर्फ कटान संरक्षण गर्न म्याग्दीखोलामा भैरहेको गतिविधीको स्थलगत अध्यन गरी फर्केको छु जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीले भने, ‘खानेपानी योजनालाई प्रभाव नपर्नेगरी पारीपट्टीको नदी कटान रोक्ने र नदीजन्य पदार्थ कसरी उत्खनन गर्ने विषयमा मंगलवार प्राविधिक राखी टुँङ्गो लाग्छ ।

वस्तीको पेट चिरेर सदरमुकामबाट पश्चिम लागेको छ, बेनीदरवाङ्ग सडक । सडक, विधुत, संञ्चारसँगै जोडिएको सदरमुकामसँग पेशा/ब्यवसाय र बजार पहुँच सहज भएपछि विस्तारै डम्बरा बजारीकरण हुन थालेको छ । बर्षेनी ५ घरबढी थपिन्छन, सदरमुकाममा भन्दा सस्तो पर्ने भएकोले डेरा बस्न आउने पनि उत्तिकै छन । वस्ती विस्तारसँगै जनसंख्या बढ्यो, खानेपानीको समस्या पनि बढ्यो ।

विधुतिय प्रविधिको लिफ्ट प्रविधीबाट पुछारको म्याग्दीखोलाको पानी वस्तीको सिरानमा पुर्‍याई डम्बरा लिफ्ट खानेपानी योजना सम्पन्न भएको दुई बर्ष पुरा नहुँदै फेरी खानेपानीको श्रोत घट्न थालेपछि डम्बराबासी चिन्तित छन ।

साविकको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले म्याग्दी नदी किनारमा रहेको निलढुङ्गाको मुहानबाट ९० मिटर माथि पानी तानेर वस्तीको सिरानमा दुई वटा रिर्जवयर ट्याङ्ढीमा जम्मा गरी वितरण गरेको हो । ४५ लाख ७५ हजार रुपैयाँ लागतमा निर्मित आयोजनाबाट ८० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटर सहितको निजी धारा जडान गरिएको छ । जमिनको सतहदेखि २० मिटर भित्र खनिएको ईनारबाट प्रतिसेकेण्ड एक लिटरका दरले पानी आपूर्ती भएको छ ।

दुई सय मिटर पाईपलाईनबाट आपूर्ती गरिएको पानी बिसबिस घनमिटर क्षमत्ताको दुई वटा रिजर्भ टंकीमा संकलन र शुद्धीकरण गरी वितरण गरिएको छ । पानी तान्नका लागि दुई हर्ष पावर क्षमत्ताको समसिवल पम्प जडान गरिएको छ ।

खानेपानी आयोजना सम्पन्न गर्न समुदायले पाईपलाईन खन्ने, टंकी, ईनार, विद्युतीय सामाग्री गृह निर्माण गर्न प्रति परिवारले एकएक महिनासम्म श्रमदान र प्रति घर तीन हजार नगद साझेदारी गरेका हौं तर खानेपानीको तिर्खा नमेटिँदै आयोजनाको भविश्य संकटमा परेको छ उपभोक्ता समितिका अध्यक्ष विदुर कार्कीले भने, ‘नदीजन्य पदार्थको अवैज्ञानिक दोहनले खोलाको पानी खान पनि मुस्किल भएको छ ।