FLASH NEWS
  • Loading...

चैत २९ गतेदेखि लागू हुने गरी स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१९ पटक पढिएको
चैत २९ गतेदेखि लागू हुने गरी स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

म्याग्दीका ६ स्थानीय तहमध्य बेनी नगरपालिकामा म्याग्दीका जिल्ला न्यायाधिश तेजनारायण पाैडेल, अन्नपूर्ण गापामा जिल्ला समन्वय अधिकारी जानुका सुवेदी, रघुगंगा गापामा जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पाैडेल, मंगला गापामा जिल्ला न्यायाधिवक्ता धर्मराज पाैडेल, मालिका गापामा अान्तरिक राजश्व कार्यालयका उपन्यायाधिवक्ता गाेविन्द उपध्याय र धवलागिरी गापामा वैदेशिक राेजगार कार्यालय काठमाणडाैका हरिराम नागिला ताेकिएका छन ।

निर्वाचन आयोगको सूचना अनुसार चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिने छ ।