FLASH NEWS
  • Loading...

लेकाली क्षेत्रमा निरन्तर हिमपात

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५७ पटक पढिएको
लेकाली क्षेत्रमा निरन्तर हिमपात

उपल्लो क्षेत्रमा निरन्तर हिमपात हुँदा जनजिवन प्रभावित भएको छ ।

हिमपातले पर्यटकीय क्षेत्र महरे, घोडेपानी÷पुनहिल, खोप्रो, गुर्जा लगाएत जिल्लाको अधिकांश वस्तीहरु हिउँले ढपक्कै ढाकिएको छ ।

हिमपातबाट पर्यटकीय छन्त्याल वस्ती गुर्जा, पर्यटकिय गन्तब्य घोडेपानी लगाएतका वस्ती  मानवसम्बन्धबाट विच्छेद भएको छ । हिमपातले गुर्जामा संञ्चार पनि सम्पर्क विच्छेद भएको सदरमुकम झरेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

गुर्जामात्र होईन जिल्लाका माथिल्लो भेगका प्रायः सवै वस्तीका गोरेटो तथा घोरेटो बाटोमा बाक्लो हिउँ जममपछि वल्लो गाउँबाट पल्लो गाउँ पुग्न सक्ने अवस्था छैन । वस्ती विच्छेद भएका छन ।

‘दुई फिटजति हिउँ परेको छ । बाक्लो हिमपातले पर्यटक रोकिएका छन । पैदलयात्रा पुरै अवरुद्ध छ’ घोडेपानीका पर्यटन ब्यवसायी मिना गर्वुजाले भनिन, ‘वरपरका डाँडाहरु हिउँले हिमाल झै बनेका छन । हिउँ निरन्तर परिरहेको छ ।’ 

फोटो सौजन्य ः मिना गर्वुजा÷घोडेपानी