FLASH NEWS
- Loading...
प्रदेश खेलमा पदक जित्ने खेलाडी सम्मानित
- पुनहिल डट कम
- ९ महिना अघि
- १८९ पटक पढिएको
नवलपुरमा सम्पन्न गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीतामा तेस्रो स्थान हाँसिल गराउने पदक विजेता खेलाडीलाई जिल्ला खेलकुद बिकास समिति म्याग्दीले सम्मान गरेको छ ।
आइतबार सदरमुकाम बेनी स्थित समितिको कार्यालयमा एक कार्यक्रम गरि प्रतियोगीतामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई बेनी नगरपालिकाका मेयर सुरत केसीले सिमित नगदसहित कदरपत्रले सम्मान गरिएको हो । प्रतियोगितामा म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० काँस्य पदक जित्दै प्रदेशमा तेश्रो भएको थियो ।
म्याग्दीबाट राष्ट्रिय प्रतियोगिताकालागी कबड्डीमा छात्रातर्फ ३ र छात्रतर्फ २ जना, तेक्वान्डोतर्फ २ जना , एथेलेटिक्स तर्फ ३ र उशुतर्फ ३ जना खेलाडी राष्ट्रिय स्तरको राष्ट्रपति कपमा छनौट भएका जिल्ला खेलकुद बिकास समिति म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस