FLASH NEWS
  • Loading...

नेपाली जनताको भावनालाई कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु अपराधः भीम राबल

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६८ पटक पढिएको
नेपाली जनताको भावनालाई कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु अपराधः भीम राबल

नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनुभएको छ ।

 

प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद रावले संसदमा दलहरुको सहमति बिनै एमसीसी पेस भएको आपत्ती जनाउनुभयो । रावलले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुन कानुन अनुसार एमसीसी टेबल गरिएको जवाफ दिन माग गर्नुभयो ।

‘जुन विषय नेपालको स्वभिमान, आत्मसम्मानसँग सम्बन्धित छ । जनताको भावना विपरित एमसीसी अघि बढाउनु आपत्तिजनक छ’। रावलको भनाइ छ । रावलले संविधानको धारा २७९ अनुसार यस्ता विषयमा संसदबाट अनुमोदन गर्दा दुई तिहाई बहुमत भनिएको भन्दै अन्यथा संघीय कानुन अनुसार भनिएपनि संघीय कानुन नबनाएको भन्दै ‘खै संघीय कानुन ?’ भनेर प्रश्न गरे ।