FLASH NEWS
  • Loading...

एमालेका अध्यक्ष ओलीलाई विश्व स्काउटको ‘मेधावी योगदान’ पदक

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०० पटक पढिएको
एमालेका अध्यक्ष ओलीलाई विश्व स्काउटको ‘मेधावी योगदान’ पदक

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको ‘मेधावी योगदान’ पदक प्राप्त गरेका छन् ।

विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

 
 
 

नेपाल स्काउटका अनुसार ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । प्रधानमन्त्रीकै रुपमा ओलीले ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम नै सुरुआत गरेका थिए । नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।