- Loading...
हिमपात सुरु, जनजिवन कष्टकर
- पुनहिल डट कम
- ५ साल अघि
- ३९१ पटक पढिएको
पर्यटकिय वस्ती घोडेपानी समेत जिल्लाको उच्च भेगका वस्तीमा हिमपात सरु भएको छ । माथिल्लो क्षेत्रमा हिमपातसँगै तल्लो क्षेत्रमा भने अधिक चिसो बढ्दा जनजिवन प्रभावितहुँदा बृद्धबृद्धा र बालबालिकालाई कष्टकर भएको छ ।
हिमपात सुरु भएसँगै गुर्जा, मुदी, कुईने, स्वाता, चित्रे, घोडेपानी, खोप्रा, महरे, नागी लागएतका वस्तीको जनजिवन प्रभावित भएको छ । लामो खडेरीपछि हिमपात भएकोले कृषकहरु भने खुशी भएका छन् ।
‘बुधवार दिउँसोदेखी हिमपात सुरु भएको हो । डाँडापाखा र घरआगन सेताम्मे भएका छन’ पुनहिलका पर्यटन ब्यवसायी शुशिल पुनले भने, ‘हिउँ खेलेर मज्जा लिने यो उपयुक्त सिजन हो ।’
त्यसैगरी हिमालपारीको जिल्ला मुस्ता¨भर मंगलवार रातीदेखी नै हिमपात भएको छ । मुस्ताङको मुक्तिनाथ समेत उपल्लो भेगमा बाक्लो हिमपातले वल्लोपल्लो घर गर्न समेत कठिन भएको छ ।
शिक्षा विकास तथा समवन्यय ईकालई मुस्ताङका प्रमुख मतिप्रसाद चापागाईका अनुसार हिमपातले घरबाहिर निक्लन समेत समस्या भएको छ । चिसोले चर्पीको पानी जमेकोले दिशापिसावमा समेत समस्या छ ।
फोटो ः चित्र पुन, घोडेपानी