FLASH NEWS
  • Loading...

वर्षा र हिमपातको सम्भावना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३९ पटक पढिएको
वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।

हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव तीन र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस छ । त्यस्तै आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव शून्य र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस छ ।

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन (Special Weather Bulletin)

(जारी मितिः २०७७-०९-१९मध्यान्ह: १२:०० बजे)

हाल पश्चिमी वायुमा बिकसित भएको न्युनचापिय प्रणालीको प्रभावका कारण आज देखि केहि दिनसम्म देशका धेरैजसो भू-भागहरुमा बदली, बर्षा र हिमपात हुने सम्भावना रहेको छ। यो प्रणालि पुष २२ गते (बुधबार) देखि कमजोर हुदैं जानेछ।

आज देखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै भू-भागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देखि पुष २१ गते सम्म बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई उच्च पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको छ। बदलि, बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेको ले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।