- Loading...
कन्दमुल खाने चाड माघे संक्रान्ति : सवै जाति समुदायको साझा पर्व
- पुनहिल डट कम
- १० महिना अघि
- १६९ पटक पढिएको
माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी । माघ १ गते अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो ।
माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने प्राचिन समाजदेखीकै चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ ।
जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ । माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ ।
हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिएको छ ।
समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।
खस/क्षत्री, ब्राम्हण र दलित समुदायको माघे संक्रान्ती
गण्डक क्षेत्रका खस/क्षत्री र ब्राम्हण समुदायले नदी स्नानगरी घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने र सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ ।
माघे सक्रान्तिमा खस/क्षत्री र ब्राम्हण समुदायले छेरीवेटीलाइ खिचडीसहित कन्दमुलका विभिन्न परिकार तथा सेलरेटी बनाइ खुवाउने गर्छन । वैदिक माान्यता अनुसार माघ १ गतेदेखी सूर्य दक्षिणबाट त्रमशः उत्तरायण हुने र धनु राशीबाट मगर राशीमा प्रवेश गर्ने हुँदा त्यस दिन बेणी, त्रिवेणी वा नदीखोलामा गै स्नानगरी सूयको पुजा गर्ने चलन छ । माघे संक्रान्तिको दिन बेणीघाटमा पुगेर स्नान गर्दा देव ऋण, पितृ ऋण र ऋषी ऋण तिरिने धार्मिक विश्वास छ ।
गण्डक क्षेत्रका दलित समुदायले पनि माघे संक्रान्तिका दिन नदी स्नानगरी घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने र सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । छेरीवेटीलाइ खिचडीसहित कन्दमुलका विभिन्न परिकार तथा सेलरेटी बनाइ खुवाउने गर्छन ।
मगर समुदायको माघे संक्रान्ति
मगर र पुन समुदायले भने मगरले घर–घरमा वन तरुलको प्रसाद ‘निस्रो’ ले कुलदेवता र दिदीबहिनीको पूजा गरी माघे संक्रान्ति मनाउँछन ।
प्रकृति पूजक मगर तथा पुन समुदायले माघे संक्रान्तिलाई मुख्य चाडको रूपमा मनाउँछन् । माघे संक्रान्ति बिछोड/बिदाइको पर्व पनि हो । माघे संक्रान्तिपछि ‘उभौली’ सुरु भएको मानिन्छ । हिउँदमा जाडो छल्न बेंसी झरेका मगरहरू छुट्टिएर आ–आफ्ना खर्कतर्फ गोठ लाग्ने हुँदा माघे संक्रान्ति उल्लासपूर्वक मनाउने र हिउँदमा माइती भेट्न आएका चेलीबेटीलाई वनको कन्दमूल खुवाई बिदाइ गर्ने पुर्ख्यौली चलन हो ।
वनको कन्दमूल तरुलको परिकार बनाई चेलीबेटी पुज्ने र पितृ पूजा गरी मनाउने गर्छन् । पुस मसान्तमा दाजुभाइले ल्याएको वन तरुललाई राति पकाउने चलन छ । माघे संक्रान्तिको बिहान नुहाई पुर्खा (कुलकुलायन) लाई पूजा गरी दिदीबहिनीलाई तरुलको विशेष खाना ‘निस्रो’ दिने गर्छन् । महिला वनमा गई निस्रो खाँदै रमाइलो गर्ने र पुरुषले दिनभर धनुषकाँड (तारो हान्ने) खेल्ने परम्परा हो । तर पछिल्ला तीन वर्षदेखि कोरोना महामारीका कारण मगरहरूले सामूहिक रूपमा माघी मनाउन पाएका छैनन् ।
पशुचौपायासहित जहाँ जे बाली पाक्छ त्यहीं नै बसोबास गरी अर्को बाली खान अर्को खर्क (खेतीफाँट) मा बसाइँ सर्ने, जाडो/गर्मी मौसमअनुसार गोठलाई लेक–बेंसी गर्ने परम्परालाई नै ‘उँधौली–उँभौली’ भन्ने गरिन्छ । फिरन्ते गोठ राख्ने (पशुचौपाया पाल्ने) र खेती गरिने फाँटअनुसार बस्ती सार्ने परम्परामा माघदेखि हिँउद सकिएकाले अब बिस्तारै बेंसी झरेका गोठहरू माथिल्लो क्षेत्रतर्फ लग्ने प्रचलन छ ।
छन्त्याल जातीकाे माघे संक्रान्ति
गण्डक क्षेत्रकाे म्याग्दी, बाग्लुङ जिल्लामा मुख्य बसाेबास भएका छन्त्याल जातीले माघे संक्रान्ती उल्लास पूर्वक मनाउने गर्छन ।
छन्त्याल जाती प्रकृति पुजक भएपनि तरूललाइ अाफ्नाे भान्सामा अनिवार्य मान्दैनन । छाेरीवेटीलाइ अनिवार्य वाेलाउने र अाफन्तहरू जम्मा भै सेलराेटी समेत मिठा खानाकाे परिकार बनाइ खाने, रमाइलाे गर्ने गर्छन ।