- Loading...
बेलायती नयाँ कोरोना नेपालमा भेटियो
- पुनहिल डट कम
- ३ साल अघि
- ११० पटक पढिएको
बेलायतमा पछिल्लो समय फैलिएको नयाँ भेरिएन्टकोृ कोरोनाभाइरस नेपालमा पनि भेटिएको छ । बेलायतबाट फर्किएका तीन जनामा यो नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यद्यपि अहिलेसम्म तीन जनामध्ये २ जना बिरामी निको भइसकेका छन् । अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छैन तर उनीमा संक्रमणको लक्षण पनि छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्ट पुष्टि भएको छ । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।
सोमबार ती नमूनाको रिपोर्ट आएको हो। बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन। बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।