FLASH NEWS
  • Loading...

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७५ पटक पढिएको
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई सोमबार बिहान ११ : २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो ।

काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएकाले दिल्ली हुँदै उनलाई मुम्बई लगिँदैछ । सीताको उपचारका लागि अध्यक्ष दाहाल र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सीताको उपचार न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट, मुम्बईमा हुन छ ।

सीता दाहाल लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । गत बुधबार उनको स्वास्थ्यमा थप समस्था देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । यसअघि सीताको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।