- Loading...
जाडोमा ‘सिस्नु खाएकै जाती’
- पुनहिल डट कम
- ४ साल अघि
- २४० पटक पढिएको
‘साग र सिस्नु खाएकै जाती आनन्दी मनले’ महाकवी देवकोटाको खण्ड काब्य मुनामदनको यो पंक्तिले नेपाली समाजले परम्परादेखीे सिस्नुको प्रयोग हुँदै आएको प्रष्ट हुन्छ ।
गरिवको खाना भनेर अपहेलित, उपेक्षित र तीरस्कृत बहुउपयोगी खाद्य वस्तु सिस्नु हिजोआज सहिरिया एवं सम्भ्रान्त उपभोक्ताको भान्साको अभिन्न साथी भएको छ । खासगरी डाईविटिजका विरामीले सिस्नु खोजी–खोजी खान थालेपछि माग बढ्दो छ ।
बाटोको किनारा, खेतबारी र जंगलमा खेर गै रहेको च्वात्त पोल्ने झार (सिस्नु)लाई आम्दानीको राम्रो श्रोत भएको छ । जाडो सिजनमा सिस्नुको सुप खाईन्छ । लाग्दो कात्तिकदेखी सिस्नु टिप्ने ‘पिक सिजन’ शुरु हुन्छ ।
‘परिवारमा अर्को आम्दानी छैन्, तिन बर्षदेखी यही सिस्नुको ब्यवसायले ६ जनाको परिवार पालिएको छ, बचेको पैसाले घरबारी पनी किनें’ अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धारकी पार्वती पुनले भनिन् । पार्वती मात्र होईन, जिल्लाका प्रायः सवै गाउँका महिलाहरु धेरथोर सिस्नुको ब्यापारमा लागेका छन् ।
माग बढेपछि सिस्न ग्रामिण महिलाको फुर्सदको ब्यवसाय र अतिरिक्त आम्दानीको श्रोत भएको छ । सिस्नु विदेशका आफन्तलाई पठाउने कोसेली बनेको छ । सहरका धेरैको भान्सामा सिस्नु पाक्न थालेपछि सदरमुकाममा सिस्नु, गुन्द्रुक, धजरा, सिमी समेत रैथाने खाद्यान्न वेच्ने पसल नै खुलेका छन ।
‘सिस्नुको माग बढ्दो छ । बेनीमा रैथाने खाद्य वस्तु वेच्ने धेरै छन । मैले मात्र बर्षमा ३ क्वीन्टलबढी सिस्नु पाउडर बेच्छु’ बेनी स्थित धौलागिरी कोसेली घरकी मीना राम्जालीले भनिन्, ‘परिणाम ३ क्वीन्टल थोरे जस्तो लागेपनि प्रयोग मात्रा बढी हो । अरुले अझ बढी वेच्छन ।’
सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नुको सुपले शरिरमा गर्मी बनाउने जाडो मौषममा खानु उपयुक्त हुन्छ । सिस्नुको सुप स्वादिलो र प्रोटिनको राम्रो श्रोत भएपनि टिप्न बाक्ला काँडाले च्वात्त पोल्ने हुंदा बनाउन कठिन छ ।
‘सिस्नुको पाउडर बनाउन सर्वप्रथम सिस्नुको कलिला मुन्टा र फुललाई टिप्नु पर्छ । घरमा ल्याई केलाएपछि सितल घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ । यसरी सामान्य धुलो सिस्नुमा आवश्यकता अनुसार टिमुर मिसाएर पनि प्रयोग गरिन्छ ।
सिस्नु पूर्ण आर्गनिक खाद्य हो । खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भए अनुसार सिस्नुमा २३ प्रतिशतबढी फलाम तत्व, २४.५ प्रतिशत कुड प्रोटिन, क्रुढ फाईवर ८ प्रतिशत, र क्रुड फ्याक्ट १.५ प्रतिशत, जलांशं ९।८५ प्रतिशत पाईन्छ । जिल्लाबाट १५ क्वीन्टल सिस्नुको पाउडर निर्यात गरी ४ लाख २० हजार आम्दानी भएको थियो ।