FLASH NEWS
  • Loading...

कालीगण्डकी किनारमा हट स्प्रिङ वाथ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४५० पटक पढिएको
कालीगण्डकी किनारमा हट स्प्रिङ वाथ

कालीगडकी नदी किनाराको चिसो सिरेटोमा उभिएर शरिरका न्यानो कपडा फुकाल्दा, फुत्त आवाज निक्लन्छ, आच्छ्यु, जाडो । जाडो छल्न खोलाका माछापनि दुलो पस्ने पुस–माघको कठ्याङग्रीने जाडोमा पनि कालीगण्डकी नदी किनारामा मान्छेहरु नुहाउन धुईरिएका छन । चिसो मौषममा तातोपानीको पोखरीमा डुबेर बस्दा छुट्टै आनन्द । तातोपानीमा डुब्दा हाडजोर्नीको प्राकृतिक उपचार सित्तैमा हुन्छ । शरिरलाई आराम पनि हुन्छ ।

हामीले भन्दाबढी यस्ता प्राकृतिक तातोपानीमा डुबेर हाम्रो समाजमा मात्र होईन प्राकृतिक तातोपानीमा डुबेर ‘हटस्प्रिङ वाथ’ लिने चीन, जापान, इन्डोनोसिया, फिलिपिन्समा झन बढी प्रचलित छ । प्राकृतिक तातोपानीमा मान्छे डुबाएर चीनले संसारमा सवैभन्दाबढी आम्दानी गर्ने गर्छ । विदेशमा प्राकृतिक तातोपानीको पोखरीमा नुहाएर स्वास्थ्यलाभ लिने प्रकृयालाई मिनिरल हल स्पिङ वाथ भन्ने गरिन्छ ।

म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ८ स्थानमा प्राकृतिक तातोपानीका मुलहरु छन । यी मुलहरुमा परम्परादेखी स्थानीयले जाडो भगाउन तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक नुहाउ“दै आएका छन । घर छेउको धाराको चिसो पानीमा शरिर पखाल्न आ“ट नहुनेहरु टाढाटाढाबाट पनि गम्छा, सावुन, सेम्फो र फेर्ने कपडा झोलामा बोकेर दिनभरको निमेक खेर फालेरै तातोपानी नुहाउन आउने धेरै हुन्छन । तातोपानी डब्दै जा“दा स्थानीयको अनुभवले अहिले यहा“का तातोपानीका पोखरीहरु  प्राकृतिक अस्पताल कहलिएका छन ।

केही तातोपानीका मुलहरुको ब्यवसायीकरण गरिएपनि कालीगण्डकी नदी किनाराको रातोपानी, नारच्याङ, महभीर, दग्नाम र मुदी समेतका तातोपानीका मुलमा अझै परम्परागत शैली अस्थाई पोखरी बनाईन नुहाउने र डुबुल्कि मार्ने प्रचलन जीवित छ ।

‘घर छेउमा तातोपानी भएकोले विहान सवैरै उठ्यो, तातोपानी गयो, आधा–एक घन्टा तातोपानीमा चोपलियो, खललल पसियो बगायो, बडो आनन्द हुन्छ । दिनभरी ज्यान हलु¨ो बन्छ’ अन्नपूर्ण गाउँपालिका, ६ पोखरेका खड्ग गिरीले भने, ‘जोडो सिजनमा प्राकृतिक उपचारकालागी पोखरीमा डुब्न मात्र होईन, चिसो पानीले नुहाउन नसक्ने सवै तातोपानीमा आईरिन्छन । उपचारपनि हुने, तातोपानीले नुहाउन पनि पाईने ।’

संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित तातोपानी प्राचिन काल भारत–भोट (तिब्बत) नुन ब्यापार गर्ने थलो थियो । भोटको नुन लिएर बेच्न झरेका थकाली र नुन किन्न आएका ढाँक्रेहरुले कालीगण्डकी नदी किनारामा तातोपानी देखेपछि अस्थाई पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन थलेका हुन । वरपरका दाना, नारच्याङ्, भुरुङ दोवा, पाउद्धार, शिख, घार, घराम्दी समेतका वस्तीको विचमा ‘घाट’ परेकोले सामान किनवेचकालागी हिउँदा आउने र तातोपानीमा डुब्ने चलन परम्परादेखी नै थियो । अहिले स्थानीयलाई भन्दा तातोपानीले विदेशी पर्यटकलाई बढी स्वागत गर्ने गरेको छ ।

‘हजुर आमाले भने अनुसार पुर्खादेखी नै थाकखोलाबाट हिउँदमा जाडो फाल्न तातोपानीमा आउने र ८–१० दिन तातोपानीमा डुबेर फर्कने गर्थे । सिस्नु घारी भएकोले बस्ती थिएन । पछि थकालीहरुले आप्mनो नाममा दर्ता गरेछन’ भुरुङ्ग तातोपानीका भुवन गौचनले भने, ‘वरपरका मान्छेहरु डुब्ने र नुहाउने तातोपानी ०३५÷०४० तिरबाट पर्यटक बढेपछि स्थानीयले भन्दा पर्यटकले प्राथमिकता पाउन थालेका हुन ।’

७० बर्ष अघिसम्म सिङ्गाको स्वता नजिक म्याग्दी खोला बगरमा तातोपानीको मुल निक्लन्थ्यो, बग्थ्यो । हिउँदमा गोठालाहरु खोला किनाराको तातोपानीमा अस्थाई पोखरी बनाई नुहाउने चलन थियो । हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका विरामीलाई फाईदा भएपछि वरपरका वस्तीबाट मान्छेहरु डुब्न आउन थालेका हुन । विस्तारै वचन विज्ञापनले मान्छेहरु तातोपानी डुब्न आउने क्रम बढेको हो ।

‘हाडजोर्नी, पेटढुस्स हुने रोगकालागी तातोपानी बढी उपयोगी छ’ म्याग्दी अस्पतालका डाक्टर विराज शर्माले भने, ‘एलोपेथिक उपचारमा पनि कतिपय रोगको उपचार गर्दा तातोपानीले सेक्न लगाउँछौं । र यो उपचार पद्धति वैज्ञानिक पनि छ ।’

बेनी नगरपालिका, ४ स्थित म्याग्दी खोला किनाराको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका, २ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिङ्गा तातोपानीमा विरेनुन र भुरुङ र नारच्याङ तातोपनीमा नुनको गन्ध र स्वाद पाईन्छ । अन्य स्थानका तातोपानी भने गन्ध रहित छन ।

अन्नपूर्ण गाउँपालिका अन्र्तगत कालीगण्डकी नदी किनारामा पर्ने महभीर, रातोपानी र नारच्याङ वेंशीमा पनि तातोपानीका मुलहरु छन । यहाँका तातोपानीमा वरपरका बस्ती र पोखरा, काठमाण्डौ, वुटवल समेतका सहरमा बसाई सरेकाहरु स्थानीयहरु यहा“का तातोपानीमा डुब्न आउने गरेका छन ।

पश्चिम धौलागिरी फेदीको गुर्जा र मुदी बगरामा पनि तातोपानीको मुहान छन । बस्तीबाट धेरै टाढा भएकोले यहाँ गुर्जा र मुदीको बगराका मान्छे डब्छन । जिल्लाको तेस्रो ठूलो रघुगंगा खोलामा पनि तातोपानीको मुहान रहेको छ । रघुगंगा गाउँ पालिकाको पिप्ले, दग्नाम, दर्मिजा, चिमखोला, कोटगाउँ, पाखापानी र झिं वस्तीको पुछारमा रहेको यो तातोपानीमा स्थानियले डुबेर प्राकृतिक उपचार गर्ने गरेका छन ।

लामो पदयात्राबाट गलेको थाकेको शरिरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताकोलागी तातोपानी थेरापी वैकल्पिक उपचार पद्धति हो । पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गा म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफाले धकेलिएर बाहिर तातोपानीको मुहान निक्लने मान्यता छ ।

नेपालमा भेटिएका तातोपानीमध्य सवैभन्दा बढी म्याग्दीमा ९ स्थानमा तातोपानीका मुहान छन । म्याग्दीमा पाईएका तातोपानीमध्य सवैभन्दाबढी अन्नपूर्ण गापा,६ रातोपानी स्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ्ग तोापानी ७१ डिग्री, सिङ्गा तातोपानीको तापक्रम ५५ डिग्री रहेको छ ।

‘म्याग्दीमा तापक्रम मापन गरेका ७ वटा मुहानमध्य रातोपानीमा सवैभन्दा बढी तातो ७३ डिग्री र धौलागिरी फेदीको बगराको तातोपानीमा कम २५ डिग्री सेल्सियस भेटियो’ जाईकाको सहयोगमा तातोपानीको अध्ययन गरिरहेका याम खड्काले भने, ‘तातोपानीमा भएका मिनिरल्स र अन्य विवरण विज्ञ टिमबाट अध्ययन भैरहेको छ ।’