FLASH NEWS
  • Loading...

चन्द्र केसीलाई ‘मानवीयता’ सम्मान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०७ पटक पढिएको
चन्द्र केसीलाई ‘मानवीयता’ सम्मान

लायन्स क्लव अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि १ नेपालले म्याग्दीको बेनी नगरपालिका, ८ बेनीका मानवतावादी चन्द्रकुमार केसीलाई ‘मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राखेको’ भन्दै मेडल र सम्मानपक्रले कदर गरेको छ ।

क्लवको शुत्रवार पोखरामा सुरु भएको सातौं वाषर््िक अधिवेशनको क्रममा केसीलाई संस्थाका निर्वतमान अध्यक्ष नरेश अग्रवाल, पूर्व अर्न्तराष्ट्रिय निर्देशक संञ्जय खेतान र डिष्ट्रिक गर्भनर असोक श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेको केसीका निकटतम सहयोगी सन्तोष रावलले फेसवुकबाट जानकारी गराएका छन ।

जीवन/मृत्युको अन्तिम अवस्थामा पुगेकी अन्नपूर्ण गाउँपालिका, ७ औलाकी ९ महिने सियाना रन्तिजा पुनलाई कलेजो दानगरी जीवन रक्षा गरेपछि थप चर्चामा रहेका दानवीर चन्द्र केसीलाई यो पहिलो सम्मान हो । कलेजो प्रत्यारोपणपछि सियाना अस्पतालको निगरानीमा तर सामान्य अवस्थामा छिन । केसी म्याग्दीको चर्चित मानवतावारी सेवामा समर्पित संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष हुन ।

तस्वीर ः सन्तोष रावलको फेसवुकबाट ।